राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण
काठमाडाैं | कात्तिक २४, २०७९
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ ।
विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गर्नुभएको हो । उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लुपिएल०का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।
राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो । त्यहाँ उहाँले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो ।
अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

